Showing posts with label नेपालीमा लेखिएको. Show all posts
Showing posts with label नेपालीमा लेखिएको. Show all posts

Friday, November 6, 2009

छतछतबाट घामको बिजुली: नागरिक















विश्वमणि पोखरेल
काठमाडौं, कात्तिक २०- उपत्यकाका घरधनीले छानाबाट बिजुली उत्पादन गर्न सक्छन्, विद्युत प्राधिकरणलाई बेच्न पनि सक्छन्। त्यसले हिउँदको चर्को लोडशेडिङ केही कम गर्न पनि सक्छ। प्रशस्त घाम लाग्ने यहाँका छतबाट सोलार प्यानलले के व्यवसायिक रूपमा बिजुली उत्पादन गर्न सक्लान्? सौर्य उर्जाविद् भने सम्पन्न घरबालालाई बिजुली उत्पादक बनाउने अवधारणामा सरकारसँग लविङ्ग गर्दैछन्।

पूरा पढ्नुहोस

Tuesday, November 3, 2009

ग्याँस टेम्पो नहटाउन आदेश: नागरिक

काठमाडौं, कात्तिक १७ - सर्वोच्च अदालतले उपत्यकाबाट तीन पाङ्ग्रे ग्याँस टेम्पो विस्थापन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई आदेश दिएको छ।
न्यायाधीश ताहिरअली अन्सारीको एकल इजलासले मन्त्रालयको निर्णय तत्काल लागु नगर्न मंगलबार अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश निरन्तर हुने नहुने बारे कात्तिक २२ गते छलफल गर्ने पनि जनाएको छ। उपत्यकाबाट तीन पाङ्ग्रे ग्याँस टेम्पो विस्थापित गरी त्यसको सट्टा १४ देखि १६ सिट क्षमताका चार पाङ्ग्रे सवारी ल्याउन इजाजत दिने भनी मन्त्रालयले गत भदौ २४ मा निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णय गैरसंवैधानिक भएकाले तत्काल कार्यान्वयन रोक्न स्वरोजगार यातायात व्यवसायी संघका अध्यक्ष रामकुमार भ्लोनले रिट दिएका थिए।

पूरा पढ्नुहोस

भ्रमण गर्नैपर्ने देशको सूचिमा नेपाल: नागरिक

सिंगापुर, कार्तिक १७ (एजेन्सी)- सन् २०१० मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल परेको छ। अस्ट्रेलियामा केन्द्रीय कार्यालय भएको 'लोन्ली प्लानेट ट्राभल गाइड'ले सोमबार सार्वजनिक गरेको २०१० मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल परेको हो। प्लानेटको यो पाँचौं वार्षिक प्रकाशन हो।

लोन्ली प्लानेटको यो सूचीमा एसियाबाट नेपालसँगै मलेसिया पनि परेको छ। 'यो गन्तव्यहरूको संग्रह र अनुभवको संगालो हो,' प्लानेटका एसिया प्रशान्त सञ्चार प्रबन्धक एडम बेनेटले भने, 'यी गन्तव्यले तपाईंलाई परिवारबाट धेरै टाढा लैजान्छन्। त्यहाँका भौगोलिक, साँस्कृतिक, प्राकृतिक र त्योभन्दा पनि बढी तपाईंले आफ्नो ट्राभल ब्यागमा पाउन सक्नुहुन्छ।'
यो सूचीमा परेका अन्य देशमा न्युजिल्यान्ड, एल साल्भाडोर, जर्मनी, ग्रिस, मोरक्को, पोर्चुगल, सुरिनाम र अमेरिका परेका छन्।

पूरा पढ्नुहोस

Friday, October 30, 2009

नेपालमै सोलार कार

नागरिक:
दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-

बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।

पूरा पढ्नुहोस