Tuesday, November 3, 2009

ग्याँस टेम्पो नहटाउन आदेश: नागरिक

काठमाडौं, कात्तिक १७ - सर्वोच्च अदालतले उपत्यकाबाट तीन पाङ्ग्रे ग्याँस टेम्पो विस्थापन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई आदेश दिएको छ।
न्यायाधीश ताहिरअली अन्सारीको एकल इजलासले मन्त्रालयको निर्णय तत्काल लागु नगर्न मंगलबार अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश निरन्तर हुने नहुने बारे कात्तिक २२ गते छलफल गर्ने पनि जनाएको छ। उपत्यकाबाट तीन पाङ्ग्रे ग्याँस टेम्पो विस्थापित गरी त्यसको सट्टा १४ देखि १६ सिट क्षमताका चार पाङ्ग्रे सवारी ल्याउन इजाजत दिने भनी मन्त्रालयले गत भदौ २४ मा निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णय गैरसंवैधानिक भएकाले तत्काल कार्यान्वयन रोक्न स्वरोजगार यातायात व्यवसायी संघका अध्यक्ष रामकुमार भ्लोनले रिट दिएका थिए।

पूरा पढ्नुहोस

No comments:

Post a Comment